७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ५ जना थपिए, एक जनाको निधन

  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०७८, शनिबार १७:२८

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा ४ जना, नेपालगञ्ज मेडिकेल कलेजमा ३५ नमूना परिक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा १९ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका २ जना छन् । १ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार ७८९ नमुना परीक्षण गर्दा १८ हजार ४ सय ३५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँके जिल्लामा हालसम्म १८ हजार ६ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ६ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा १ जना रहेका छन् भने ११ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् । त्यस्तै बाँकेमा कोरोना भाइरस संक्रमणबाट आज थप एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० दाङका ४५ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिलाको भेरी अस्पतालमा उपचारका क्रममा विहान १० बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । उनलाई कात्तिक १७ गते कोभिड पुष्टि भएको थियो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४२९ जनाको मृत्यु भएको छ ।

Nabintech