७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ६० जना थपिए, १५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७८, बिहीबार १६:१३

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा २५९ नमुना परीक्षण गर्दा ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्याबमा गरिएको १८२ नमूना परिक्षणमा ५२ जना, नेपालगञ्ज मेडिकल कलेजमा ४९ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा २८ नमूना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ३१ जना छन् । १५ जना महिला र १६ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९२ हजार ११५ नमुना परीक्षण गर्दा १७ हजार ८ सय ६७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ९ जना पुरुष गरी १५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ४११ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या २२ पुगेको छ भने मध्यम बिरामीको संख्या ३१ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech