७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ६ जना थपिए, १ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७८, सोमबार १७:११

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ११ नमूना परिक्षण गर्दा १ जना, नेपालगञ्ज मेडिकेल कलेजमा २९ नमूना परिक्षण गर्दा ५ जना र बागेश्वर ल्याबमा २५ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ३ जना छन् । ३ जना महिलामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार ४३९ नमुना परीक्षण गर्दा १८ हजार ४ सय १६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका छन् । १ जना महिला सहित बाँके जिल्लामा हालसम्म १८ हजार ५४ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ३ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा १ जना रहेका छन् भने ८ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech