४ बैशाख २०८१, मंगलवार
बाँकेमा कोरोनाका ७ जना थपिए, २ जना डिस्चार्ज, एक जनाको निधन

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०७८, बुधबार १६:४९

बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २३ नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकेल कलेजमा ११ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ३ जना छन् । ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार २७८ नमुना परीक्षण गर्दा १८ हजार ४ सय ६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा २ जना डिस्चार्ज भएका छन् । १ जना महिला र १ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १८ हजार ३१ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ५ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा ३ जना रहेका छन् भने ८ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।
कोरोनाबाट बाँकेमा एकको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको आज मृत्यु भएको छ । भजनी नगरपालिका–५ कैलालीका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यसैदिन उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआउँदा बुधवार बिहान पौने ६ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४२८ जनाको मृत्यु भएको छ ।

Nabintech