१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका ७ जना थपिए, ७ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०७८, शुक्रबार १७:०७

बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १११ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५२ नमूना परिक्षण गर्दा ५ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा ३३ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । १ जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार ५४४ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ६१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । २ जना महिला र ५ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९८१ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ६ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा १ जना रहेका छन् भने २२ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech