१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका ८ जना थपिए, ७ जना डिस्चार्ज, दुई जनाको निधन

  • टाइम्स संवाददाता

  • २ आश्विन २०७८, शनिबार १६:१६

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा ७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २९ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा १४ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । ३ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार ६२८ नमुना परीक्षण गर्दा १८ हजार १ सय ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् । ७ जना महिला र ४ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७४६ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
थप दुई जनाको निधन
त्यस्तै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा पुनर्बास नगरपालिका ५ कञ्चनपुरका ५८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । साथै नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा खजुरा गाउँपालिका २ बाँकेका ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै कोरोना संक्रमणका कारण बाँकेका ३३१ जनाको हालसम्म मृत्यु भईसकेको छ भने बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४१२ जनाको मृत्यु भएको छ ।

Nabintech