१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ८ जना थपिए, ८ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७८, शनिबार १७:५८

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ८२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५२ नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ५ जना छन् । २ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ७९ नमुना परीक्षण गर्दा १८ हजार २ सय ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र २ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८४४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech