१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका ८ जना थपिए, २ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०७८, मंगलवार १७:१३

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २७ नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकेल कलेजमा २३ नमूना परिक्षण गर्दा २ जना र बागेश्वर ल्याबमा १२ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका २ जना छन् । १ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार ५०१ नमुना परीक्षण गर्दा १८ हजार ४ सय १८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा २ जना डिस्चार्ज भएका छन् । १ जना महिला र १ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १८ हजार ५५ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ३ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा २ जना रहेका छन् भने १० जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech