१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका ८ जना थपिए, ५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७८, सोमबार १६:३२

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ११९ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६३ नमूना परिक्षण गर्दा ७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा १८ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ४ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार १०५ नमुना परीक्षण गर्दा १८ हजार १ सय जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । ५ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७०६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या ९ पुगेको छ भने मध्यम बिरामीको संख्या १२ पुगेको छ । २ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech