१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ९ जना थपिए, ११ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०७८, बिहीबार १७:०२

बाँकेमा पछिल्लो २४ घण्टामा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४३ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६० नमूना परिक्षण गर्दा ५ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ६६ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमा १७ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ५ जना छन् । ३ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार ४३३ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ५५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् । ५ जना महिला र ६ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९७४ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ४ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा १ जना रहेका छन् भने २३ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech