८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका ९ जना थपिए, ११ जना डिस्चार्ज, दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७८, बुधबार १६:१७

बाँकेमा पछिल्लो २४ घण्टामा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा ५८ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी ल्याबमा २० नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ८ जना छन् । ६ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । तीमध्ये अधिकांश कोहलपुरका छन् । त्यस्तै बाँके जिल्लामा हालसम्म ९२ हजार ७७८ नमुना परीक्षण गर्दा १७ हजार ९ सय ३२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ५ जना पुरुष गरी ११ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ४८५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १४ पुगेको छ भने मध्यम बिरामीको संख्या ३३ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा गएराती थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका हुन भने अर्का दाङका हुन् । बाँके राप्तीसोनारी गाउँपालिका–३ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई साउन २९ गते कोभिठ पुष्टि भएको थियो । त्यसैदिन अस्पताल भर्ना भएका थिए । यस्तै राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषलाई भदौ ६ गते कोभिड पुष्टि भएको थियो । उनलाई त्यसैदिन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा दुवै जनाको गएराती आधा घण्टाको फरकमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २८ पुगेको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ९७ पुगेको छ ।

Nabintech