८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोना ३७ जना थपिए, ८ डिस्चार्ज,

  • टाइम्स संवाददाता

  • १८ असार २०७८, शुक्रबार १६:५९

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३६ नमुना परीक्षण गर्दा ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ८८ नमुना परीक्षण गर्दा ३४, नेपालगञ्ज मेडिकल कलेजमा ३१ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी प्रयोगशालामा १७ नमुना परीक्षण गर्दा १ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिढ १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ८ जना छन् । ४जना महिला र ४ जना पुरुष गरी ८५ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८४ हजार ३ सय ९७ नमुना परीक्षण गर्दा त्यसमा १७ हजार ४ सय ८९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ५जना महिला र ३ जना पुरुष गरी ८ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १०४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो २४ घण्टा कुनै पनि संक्रमितको निधन भएको छैन् भने बाँके जिल्लामा हालसम्म कोरोना भाईरसका कारण ३११ जनाको निधन भएको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुने भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

Nabintech