११ बैशाख २०८१, मंगलवार
बाँकेमा थप आठ जना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०७८, शनिबार १७:२५

कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप आठ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा उनिहरुको मृत्यु भएको हो । कोभिड संक्रमित छ जनाको मेडिकल कलेजमा र दुई जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । संक्रमणका कारण तुलसीपुर उपमहानगरपालिका–१७ दाङका ४५ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–६ का ४७ वर्षिय महिला, कृष्णनगर नगरपालिका–५ कपिलवस्तुका ५१ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षिय महिला, कोहलपुर नगरपालिका–११ का ३५ वर्षिय पुरुष, दंगीशरण गाउँपालिका १ दाङका ६० वर्षिय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ४६ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–४ बाँकेका ५८ वर्षिय महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । योसँगै कोभिड संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका ११८ र जिल्लाका १२० जनाले ज्यान गुमाईसकेका छन् ।

Nabintech