१३ बैशाख २०८१, बिहीबार
बाँकेमा थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु

  • टाइम्स संवाददाता

  • १४ बैशाख २०७८, मंगलवार १३:५२

कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार हुँदै आएको नेपालगञ्ज मेडिकल कलेजमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा एकजना गरि तीन जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले बताउनुभयो । ओलीका अनुसार नेपालगञ्ज उप–महानगरपालिका–३ बाँकेका २६ वर्षिय पुरुष, कोहलपुर नगरपालिका–१ का ६० वर्षिया महिला र तुलसिपुर उप–महानगरपालिका–९ दाङ का ७४ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते नेपालगञ्ज मेडिकल कलेजको प्रि आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज ३ का २६ वर्षिय पुरुषको सोेमवार पीसीआर परिक्षण गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको सोमवार राती ८ः ३० बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो । त्यस्तै कोहलपुर १ का ६० वर्षिया महिलाको स्वास्थ्यमा समस्या आएपछि परीक्षण गराएर बैशाख ११ गते भेरी अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएकोमा मंगलवार विहान २ः४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
सोही प्रकारले दाङ का ७४ वर्षिया महिलालाई संक्रमण पुष्टि भएपछि मेडिकल कलेजमै भर्ना गरि उपचार सुरु गरिएकोमा उहाँको स्वास्थ्यमा सुधार नआउँदा मंगलवार बिहान ६ः२० बजे मत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोभिड उपचारका लागि जिल्ला बाहिरबाट आएका १०६ जना र बाँके जिल्लाकै ९२ जनाले हालसम्म ज्यान गुमाइसकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

Nabintech