११ बैशाख २०८१, मंगलवार
बाँकेमा थप तीन संक्रमितको मृत्यु

  • टाइम्स संवाददाता

  • १४ असार २०७८, सोमबार ०७:४२

बाँकेमा थप तीन संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–३ प्युठानका पुरुष, घोराही उपमहानगरपालिका–११ दाङका पुरुष र आठबिस नगरपालिका–४ दैलेखका पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । असार १२ गते भाइरस संक्रमण पुष्टि भएका झिमरुक गाउँपालिका–३ प्युठानका ३८ वर्षिय पुरुषको गएराती मृत्यु भएको हो । उनी १३ गते अस्पताल भर्ना भएका थिए । उनको राती १ बजे मृत्यु भएको हो ।
त्यस्तै असार २ गते भाइरस संक्रमण पुष्टि भएका घोराही उपमहानगरपालिका–११ दाङका ६८ वर्षिय पुरुषको गएराती मृत्यु भएको हो । उनी असार ४ गते अस्पताल भर्ना भएका थिए । उनको राती २ः३५ बजे मृत्यु भएको हो ।
त्यस्तै असार ९ गते भाइरस संक्रमण पुष्टि भएका आठबिस नगरपालिका–४ दैलेखका ७३ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी असार १० गते भेरी अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ३ः१५ बजे मृत्यु भएको हो । योसँगै बाँके जिल्लामा हालसम्म ३१० जना कोरोना संक्रमितको निधन भएको छ भने उपचारका लागि बाँकेमा आएर मृत्यु हुने संक्रमितको संख्या ३ सय ६१ पुगेको छ ।

Nabintech