७ बैशाख २०८१, शुक्रबार
बाँकेमा थप दुई कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०७८, बुधबार ०७:५१

बाँकेमा कोरोना भाइरस सक्रमणबाट थप दुई जनाको निधन भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप दुईजना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । संक्रमण पुष्टिपछि उनी १० गते भर्ना भएका थिए । उनको उपचारका क्रममा राती ९ः ४५ बजे मृत्यु भएको हो । यस्तै डुडुवा गाउँपालिका–५ का २५ वर्षीया पुरुषाको पनि कोभिडबाट मृत्यु भएको छ । १५ गते संक्रमण पुष्टि भएकी ती पुरुषा १५ गते नेपालगञ्ज मेडिकल कजेल शिक्षण अस्पतालमा भर्ना भएकाथिए । उनको आज विहान ४ः४० बजे मृत्यु भएको हो । यो संगै बाँके जिल्लामा कोरोना भाईरसका काणर ज्यान गुमाउनेको संख्या १ सय ४५ पुगेको बाँकेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

Nabintech