१२ बैशाख २०८१, बुधबार
बाँकेमा थप दुई जना कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७८, बुधबार ०७:५०

बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–१० बाँकेका ३६ वर्षीय पुरुष र लम्कि चुहा नगरपालिका–४ कैलालीका ५७ वर्षिय पुरुषको निधन भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । कोहलपुरका पुरुषको असोज २४ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी सोहीदिन थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको बुधबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
त्यस्तै कैलालीका पुरुषको कार्तिक १ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको मंगलबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका ३३७ जनाको मृत्यु भएको छ भने बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय २५ जनाको निधन भएको केन्द्रले जनाएको छ ।

Nabintech