८ बैशाख २०८१, शनिबार
बाँकेमा थप दुई सय पाँच जना निको भएर घर फर्किए

  • टाइम्स संवाददाता

  • १७ बैशाख २०७८, शुक्रबार १५:१५

कोराना भाइरसको हटस्पट बनेको बाँकेमा गत केहीदिन यता संक्रमितहरु निको हुने क्रम तिव्र गतिमा बढेको छ । बाँकेमा शुक्रबार मात्रै एकैदिन ५ वर्षिय बालक र ७१ वर्षिया बृद्धा समेत गरेर २०५ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले अनुसार उच्च मनोबलका साथ कोरोनासंग लडेका २०५ जनाले कोरोनालाई परास्त गरेर शुक्रवार घर फर्किएको बताएका छन् । उनले बिहिबार पनि १०० महिला र १४४ पुरुष गरेर २४४ जना संक्रमित निको भएर घर फर्किएको बताए ।

Nabintech