१३ बैशाख २०८१, बिहीबार
बाँकेमा थप १०६ जनामा कोरोना पुष्टि

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०७८, शनिबार १७:३९

बाँकेको भेरी अस्पतालमा गरीएको कोरोना परिक्षणमा शनिबार १०६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकलीत १९० स्वाव परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार शनिबार बिहान १२ बजेसम्म १०६ जनामा कोरोनाको संक्रमण देखिएको हो । यो क्रम अझैं बढ्ने बताईएको छ । संक्रमितहरुमध्ये अधिकाशं नेपालगन्जका रहेका छन । यसअघि शुक्रबार मात्रै भेरीकै ल्यावमा गरीएको परिक्षणमा १२७ जनामा संक्रमण देखिएको थियो । खुल्ला सिमाना, स्वास्थ्य मापदण्डको उलङ्घन र लापरवाहीका कारण बाँकेमा पछिल्लो एक सातामै कोरोनाको प्रकोप भयावह देखिएको छ । हरेक दिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं जादाँ समेत यहाँको प्रशासनले उचित कदम चाल्न सकेको छैन । संक्रमित भएका ब्यक्तिहरुको समेत उचित ब्यवस्थापन नहुँदा समुदायस्तरमै कोरोना फैलने जोखिम बढ्दै गएको छ ।

Nabintech