८ बैशाख २०८१, शनिबार
बाँकेमा थप १० जना संक्रमितको मृत्यु, बाँकेको हालसम्म १ सय ६९ पुगे

  • टाइम्स संवाददाता

  • २४ बैशाख २०७८, शुक्रबार १०:०९

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ । कोरोनाको उपचार गराइरहेका भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कले कोहलपुरमा उनीहरुको मृत्यु भएको हो । त्यसमा बाँकेका ८ जना छन् भने बर्दिया र कैलालीका एकएक जना छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१० का ६१ वर्षीय पुरुषको विहीबार ५ बजे भेरीमा मृत्यु भएको हो । १२ गते कोभिड पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । च्याप्दै गएपछि १५ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका-६ का ३४ वर्षीय पुरुषको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनको २१ गते मेडिकल कलेजमा गराएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड पुष्टि पछि उनी २३ गते भेरीमा भर्ना भएका थिए । उनको आज विहान १ः ३० बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज-१८ की ५६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको छ । २० गते बागेश्वरी ल्यावमा गरिएको कोभिड परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी २१ गते भेरीमा भर्ना भएकी थिइन् । उनको पनि आज विहान २ बजे मृत्यु भएको छ ।

नेपालगन्ज-३ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । १६ गते कोरोना पुष्टि भएका उनी १८ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आज विहान ३ बजे मृत्युभएको हो ।

नेपालगन्ज-१२ की ६० वर्षीया महिलाको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ । ती महिलाले मेडिकल कलेजमा पीसीआर परीक्षण गराएकी थिइन् । १३ गते रिपोर्ट पोजेटिभ आयो । उनी १६ गते भेरीमा भर्ना भइन् । उनको आज विहान ३ः३० बजे मृत्युभयो ।

नेपालगन्ज-६ का ५४ वर्षीय पुरुषको विहीबार ६ः ५० बजे मृत्युभयो । १९ गते कोभिड पुष्टि भएका उनी २० गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए । उनको उपचारका क्रममा विहीबार मृत्यु भएको हो ।

यस्तै कोहलपुर नगरपालिका-१० की २७ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । २० गते कोभिड पुष्टि भएकी ती महिला २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा विहीबार बेलुका ५ः४० बजे मृत्यु भएको हो ।

यस्तै बारबर्दिया नगरपालिका-६ बर्दियाका ४७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । २१ गते कोभिड पुष्टि भएका उनी २३ गते अस्प्ताल भर्ना भएका थिए । उनको त्यसैदिन राती ९ बजे उपचारका क्रममा भेरीमा मृत्यु भएको हो ।

यस्तै टीकापुर नगरपालिका-२ कैलालीकी ४८ वर्षीया महिलाको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ । गएको १ गते कोरोना पुष्टि भएकी ती महिला २ गते भेरीमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा विहीबार राती ९ः ३० मा मृत्यु भएको हो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको छ ।

Nabintech