१३ बैशाख २०८१, बिहीबार
बाँकेमा थप ५१ जनामा कोभिड पुष्टि, १२५ जना डिस्चार्ज, बाँकेमा थप ७ संक्रमितको मृत्यु

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०७८, बुधबार १६:५५

बाँकेका दुई वटा प्रयोगशालामा २ सय नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ७९ नमुना परीक्षण गर्दा १८ जना र बागेश्वरी ल्याबमा १२१ नमुना परीक्षण गर्दा ३३ जना गरि कुल ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका २२ जना छन् । १२ जना महिला र १० जना पुरुष गरि जिल्लाका २२ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म बाँकेमा ७६ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । बुधबार जिल्लामा १२५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ५८ जना महिला र ६७ जना पुरुष गरि कुल १२५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । बाँके जिल्लामा १ हजार ५८ जनाले होम आईसोलेसन र ३ सय ६६ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिरहेकाको संख्या १५१ रहेको छ ।
बाँकेमा थप ७ संक्रमितको मृत्यु
बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरि ७ जनाको मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा बाफिकोट गाउँपालिका–१० रुकुम ६६ वर्षीया महिला, राप्तिसोनारी गाउँपालिका ५ बाँकेका २३ वर्षिय पुरुष, आठबिसकोट नगरपालिका १० का ३२ वर्षिय पुरुष, छ्त्रेश्वरी गाउँपालिका–५ सल्यानका ३५ वर्षीय पुरुष, लमही नगरपालिका–६ दाङका ४८ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका ६ बाँकेका ५२ वर्षिय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका ९ का ६५ वर्षिय पुरुष रहेका छन् । योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २५९ जना र जिल्लाकै २८२ जनाको मृत्यु भईसकेको छ ।

Nabintech