१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा थप ८ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ३ जेष्ठ २०७८, सोमबार ०८:०२

बाँकेमा थप ८ जनाको मृत्यु

कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ८ जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप ८ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षिय पुरुष, भिमदत्त नगरपालिका–३ कंचनपुरका ५५ वर्षिय पुरुष, तुलसिपुर उपमहानगरपालिका– १० दाङ्गकी ३८ वर्षिय महिला, मधुवन नगरपालिका–९ बर्दियाकी ७० वर्षिया महिला, पन्चपुरी नगरपालिका–६ सुर्खेतका ५९ वर्षिय पुरुष, बासगढि नगरपालिका–९ बर्दियाका ८० वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका– ६ बाँकेकी ४० वर्षिय महिला र कोहलपुर नगरपालिका–९ बाँकेका ४५ वर्षिया महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३९ र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १ सय ९० रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

Nabintech