१२ बैशाख २०८१, बुधबार
बाँकेमा थप ९ जनाको निधन, बाँकेका २१३ ले गुमाए ज्यान

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०७८, बिहीबार ०८:०३

बाँकेमा थप ९ जनाको निधन, बाँकेका २१३ ले गुमाए ज्यान

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार हालसम्म उपचारका लागि जिल्ला बाहिर बाट आएका १६३ जना र बाँकेकै २१३ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ९ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप ९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।
मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षिया महिला, राजापुर–६ बर्दियाकी ५६ वर्षिया महिला, गुलरिया–८ बर्दियाकी ३२ वर्षिया महिला, तुलसिपुर–६ दाङका ४३ वर्षिय पुरुष, बैजनाथ–६ बाँकेका ६४ वर्षिय पुरुष र तुलसिपुर–५ दाङकी ३५ वर्षिया महिला रहेकी छिन् । त्यस्तै डुडुवा–३ बाँकेकी ५० वर्षिया महिला, नरैनापुर–५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगन्ज–१२ बाँकेकी ७५ वर्यिया महिलाको निधन भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech