१२ बैशाख २०८१, बुधबार
बाँकेमा पाटे बाघको छाला सहित दुई पक्राउ

  • टाइम्स संवाददाता

  • १७ असार २०७८, बिहीबार १७:४०

बाँकेको कोहलपुर प्रहरीले बाघको छाला सहित दुई जनालाई प्रक्राउ गरेको छ । प्रहरीले आज दुई वटा पाटे बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालले बताएका छन् । प्रक्राउ पर्नेमा रामरोसन गाउँपालिका–५ अछामका ३५ वर्षिय नन्दु बुढा र मेल्लेख गाउँपालिका वडा नं. ३ अछामका २७ वर्षिय डम्बर बहादुर बुढा रहेको प्रहरी प्रमुख खनालले बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ तिलकपुरमा उनीहरुबाट दुई वटा पाटेबाघको छाला सहित प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई मिटर लामो छाला सहित दुई वटा पाटेबाघको छाला बरामाद गरिएको हो । साथै बाघको छाला र पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाउने प्रहरी प्रमुख खनालले बताएका छन् ।

Nabintech