१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा १०५ जना थपिए, ७९ डिस्चार्ज, थप सात को निधन

  • टाइम्स संवाददाता

  • २२ जेष्ठ २०७८, शनिबार १६:५७

बाँकेजिल्लाका तीनवटा प्रयोगशालामा शनिबार थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ३३६ नमुना परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा १७८ नमूना परीक्षण गर्दा ५७ जना , बागेश्वरी ल्याबमा ५६ नमुना परीक्षण गर्दा २२ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा १०२ नमुना परीक्षण गर्दा १० जनामा गरि कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य ४३ जना बाँकेका छन् । १७ जना महिला र २६ जना पुरुष गरि जिल्लाका थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८० हजार २४७ जनाको पीसीआर परीक्षण भएको छ । आज जिल्लाका ७९ जना डिस्चार्ज भएका छन् । ४० जना महिला र ३९ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेको संख्या ३८६ र अस्पताल र आइसोलेस सन्टेरमा २३५ जना रहेका छन् । त्यस्तै छ जना भेन्टिलेटर र १०२ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
बाँकेमा कोभिड संक्रमित थप छ जनाको मृत्यु
बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप सात जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरि थप सात जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । बाँकेका अस्पतालमा उपचारका क्रममा बारबर्दिया नगरपालिका–२ बर्दियाका ४५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१४ का ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङका ७२ वर्षीया महिला, चौरझहारी– ४ रुकुम की ६५ वर्षीया महिला, नेपालगन्ज–११ बाँकेकी ७० वर्षीया महिला, गुलरिया ननगरपालिका–४ बर्दियाका ५७ वर्षिय पुरुषको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३११ जना र जिल्लाकै ३०० जनाको मृत्यु भएको छ ।

Nabintech