१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा १० जना थपिए, १० डिस्चार्ज, थप तीन जनाको निधन

  • टाइम्स संवाददाता

  • ६ असार २०७८, आईतवार १७:४९

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ९१ नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ३७ नमूना परीक्षण गर्दा ६ जना, बागेश्वरी ल्याबमा २४ नमुना परीक्षण गर्दा ३ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ३० नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये १ जना बाँकेका छन् । जिल्लाका थप १ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८२ हजार ८४२ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ९०४ जनामा संक्रमण पृष्टि भएको छ । साथै आज बाँके जिल्लाका १० जना डिस्चार्ज भएका छन् । ५ जना महिला र ५ जना पुरुष डिस्चार्ज भएसँगै बाँके जिल्लामा हालसम्म १६ हजार ९ सय ९८ जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या ९९ र अस्पताल र आइसोलेस सन्टेरमा ६३ जना रहेका छन् । त्यस्तै ८ जना भेन्टिलेटर र २६ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोरोनाबाट बाँकेमा थप तीन जनाको निधन
बाँकेमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना गरी दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा टिकापुर नगरपालिका–१ कैलालीकी ७५ वर्षिया महिला, लमही नगरपालिका–६ दाङका ३५ वर्षिय पुरुष र सितापुर भङा– ६ महोत्तरीका ४५ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केद्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३१० जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४८ जनाको मृत्यु भएको छ ।

Nabintech