७ बैशाख २०८१, शुक्रबार
बाँकेमा १७४ थपिए, ५२३ डिस्चार्ज, थप १७ जनाको निधन

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०७८, बुधबार १७:०५

बाँकेमा कोरोना भाईरसका १ सय ७४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल २ सय ५५ जना मध्ये ८१ र बागेश्वरी ल्याबमा १ सय ८९ जनाको परिक्षण गर्दा ९३ जना गरी बाँकेमा १ सय ७४ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएका मध्ये बाँकेका ९१ जना रहेका छन् भने बाहिरी जिल्लाका ८३ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज अ‍ोलीले बताएका छन् । आज थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १५ हजार ९ सय ८९ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज २ सय २६ महिला र २ सय ९७ जना पुरुष गरी ५ सय २३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १३ हजार २ सय ११ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका २ हजार ४ सय ४२ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ५६ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ३४ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ४ सय ६२ जनाको बाँकेमा निधन भएको छ ।
बाँकेमा थप १७ जनाको निधन
त्यस्तै कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका विरामीहरुको उपचार भैरहेको यहाँस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातीदेखि बुधबारसम्म थप १७ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरि १७ जना संक्रमितको उपचारमा क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका–७ दाङका ३० वषीया महिला, सानोभेरी नगरपालिका–११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८४ वर्षीय पुरुष हुनुहुन्छ । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका–२ बाँकेका ५९ वर्षीया महिला, टिकापुर नगरपालिका–१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ बाँकेका ५८ वर्षीया महिला र नेपालगञ्ज उममहानगरपालिका–३ बाँकेका ६१ वषीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँका अनुसार त्रिवेणी गाउँपालिका–१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–५ कैलालीका ६८ वर्षीया महिलाको पनि संक्रमणकै कारण मृत्यु भएको हो । एकै रातमा यति धैरै संक्रमितहरुले ज्यान गुमाएको यो पहिलो पटक भएको पनि फोकल पर्सन ओलीले बताउनुभयो । योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका २५३ जनाको मृत्यु भएको र उपचारका लागि अन्य जिल्लाबाट आएका २०९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Nabintech