७ बैशाख २०८१, शुक्रबार
बाँकेमा २१० जना थपिए, १०४ डिस्चार्ज, थप ४ को निधन

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०७८, शनिबार १९:५८

बाँकेका तीन वटा प्रयोगशालामा ६ सय २१ नमुना परीक्षण गर्दा २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको ल्याबमा गरिएको ४०४ जनाको परिक्षण गर्दा १४७, मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा १३८ नमुना परीक्षण गर्दा ३५ जना र बागेश्वरी ल्याबमा ७९ नमुना परीक्षण गर्दा २८ जना गरि कुल २१० जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका ५९ जना छन् । २२ जना महिला र ३७ जना पुरुष गरि जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म बाँकेमा ७८ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा हालसम्म १७ हजार १० जनामा संक्रमण पृष्टि भएका छन् । त्यस्तै हालसम्म १५हजार ६ सय ३८ जना डिस्चार्ज भएका छन् । जिल्लामा १०४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ५३ जना महिला र ५१ जना पुरुष गरि कुल १०४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । बाँके जिल्लामा ९७९ जनाले होम आईसोलेसन र २ सय २७ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् ।
कोभिड संक्रमित थप चारजनाको मृत्यु
कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ । तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र एक जना भेरी अस्पतालमा मृत्यु भएको हो । बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित मधुवन नगरपालिका–६ बर्दियाका ५२ वर्षीया महिला, लमही नगरपालिका–३ दाङका ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका–६ दाङका ५२ वर्षीया महिला र बढैयाताल गाउँपालिका–४ बर्दियाका ३५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका २७४ जना र जिल्लाकै २८८ जनाको मृत्यु भएको छ ।

Nabintech