१२ बैशाख २०८१, बुधबार
बाँकेमा २१ जनामा कोरोना संक्रमण पुष्टि

  • टाइम्स संवाददाता

  • ३० चैत्र २०७७, सोमबार ०७:४७

बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८ सय ६३ पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशाला र जमुनाह हेल्माथ डेस्कमा गरिएको पिसिआर परिक्षणमा ७ महिला र १४ पुरुष गरि थप २१ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल प्रयोशालामा ५ जना, नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा ८ जना, बागेश्वरी प्रयोगशालामा ७  र जमुनाह हेल्प डेस्कमा गरिएको पिसिआर परिक्षणमा १ जना गरि २१ जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । त्यस्तै पछिल्लो २४ घन्टामा बाँकेमा थप ६ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ९१ पुगेको छ। बाँकेमा हालसम्म जिल्ला भित्रका ५७ र जिल्ला बाहिरका ९० गरि १ सय ४७ जनाको मृत्यु भइसकेको छ भने   जिल्लामा हाल १ सय जना संक्रिय संक्रमित उपचाररत छन् ।

Nabintech