७ बैशाख २०८१, शुक्रबार
बाँकेमा २३५ जना थपिए, ६२१ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०७८, बिहीबार १६:५८

बाँकेमा कोरोना भाईरसका २ सय ३५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल१ सय ७८ जना मध्ये बाँके जिल्लाका १०० जनामा संक्रमणको पृष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । त्यस्तै बागेश्वरी ल्याबमा २ सय २७ जनाको परिक्षण गर्दा २ सय ३५ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएको संक्रमितसहित बाँकेमा हालसम्म १४ हजार ६ सय ६३ जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्ला बाहिरका १ सय ६ जनामा संक्रमणको पृष्टि भएको छ । त्यस्तै आज २ सय ९१ महिला र ३ सय ३० जना पुरुष गरी ६ सय २१ जनाले कोरोनालाई जितेका छन् भने बाँकेमा हालसम्म १० हजार ८ सय ४९ जनाले कोरोना भाईरसलाई जितेका छन् । यसका साथै बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका ३ र जिल्ला बाहिर १ जना गरी ४ जनाको निधन भएको छ । ाल बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ३ हजार ४ सय ६४ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ५ सय ३६ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय २२ जना रहेको ओलीले जानकारी दिएका छन् ।

Nabintech