१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा २७ जना थपिए, १९ डिस्चार्ज, थप चार को निधन

  • टाइम्स संवाददाता

  • २७ जेष्ठ २०७८, बिहीबार १८:३१

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १७६ नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ६४ नमूना परीक्षण गर्दा १५ जना , बागेश्वरी ल्याबमा ५१ नमुना परीक्षण गर्दा ७ जना र मेडिकल कलेजश कोहलपुरको ल्याबमा ६१ जनमूना परीक्षण गर्दा ५ मा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य ५ जना बाँकेका छन् । २ जना महिला र ३ जना पुरुष गरि जिल्लाका थप ५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८१ हजार ४२४ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ३२९ जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्लाका १९ जना डिस्चार्ज भएका छन् । ७ जना महिला र १२ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेको संख्या २४७ र अस्पताल र आइसोलेस सन्टेरमा १६८ जना रहेका छन् । त्यस्तै ६ जना भेन्टिलेटर र ५० जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोभिड संक्रमित चारको निधन
कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तीन जना र भेरी अस्पतालमा एक जना गरी बाँकेमा थप चारजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा लमही नगरपालिका–५ दाङका ६५ वर्षीय पुरुष, राप्ती गाउँपालिका–१ दाङका ५५ वर्षीय पुरुष, राजापुर गाउँपालिका– ५ दाङका ५३ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२८ जना र जिल्लाकै ३०५ जनाको मृत्यु भईसकेको छ । अहिले बाँकेमा कोभिड संक्रमणसँगै मृत्यु दरमा समेत कमि आइरहेको छ ।

 

Nabintech