१५ चैत्र २०८०, बिहीबार
बाँकेमा २७ जना थपिए, ८ डिस्चार्ज, २ को निधन

  • टाइम्स संवाददाता

  • १६ असार २०७८, बुधबार १६:३२

बाँकेमा पछिल्लो २४ घण्टामा थप २७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १२७ नमुना परीक्षण गर्दा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६४ नमुना परीक्षण गर्दा १५, नेपालगञ्ज मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा १० र बागेश्वरी प्रयोगशालामा २७ नमुना परीक्षण गर्दा २ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिढ १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ९ जना छन् । ४ जना महिला र ४ जना पुरुष गरी ८ जनामा संक्रमण पृष्टि भएको छ । ८४ हजार १ सय ६९ नमुना परीक्षण भएको छ । त्यसमा १७ हजार ४ सय ६६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । १ जना महिला र ६ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ९२ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
भेरी अस्पतालमा कोभिड संक्रमित दुई जनाको मृत्यु
भेरी अस्पताल नेपालगन्जमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । चन्दनाथ नगरपालिका–१० जुम्लाकी ६८ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१२ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो । यो सँगै बाँके जिल्लामा हालसम्म कोरोना भाईरसका कारण ३११ जनाको निधन भएको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुने भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

Nabintech