७ बैशाख २०८१, शुक्रबार
बाँकेमा २ सय २७ जना संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • २० बैशाख २०७८, सोमबार १८:५५

बाँकेमा कोरोना भाईरसको संक्रमण थप २ सय २७ जना पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा बागेश्वरी ल्याब र जमुनाहा नाकामा गरिएको कुल ४ सय ४७ जना मध्ये बाँकेका ९२ जना महिला र १ सय ३५ जना पुरुष गरी २ सय २७ जनामा संक्रमणको पृष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । बागेश्वरी ल्याबमा ४ सय २० जनाको परिक्षण गर्दा २ सय ४३ र जमुनाहा नाकामा २७ जनाको परिक्षणमा ३ जनामा संक्रमणको पृष्टि भएको छ । यसका साथै आज बाँके जिल्लामा १ सय ५५ महिला र १ सय ९० पुरुष गरी ३ सय ४५ जनाले कोरोना भाईरसलाई जितेर घर फर्केका छन् । यो सँगै बाँकेका हालसम्म ६ हजार ६ सय ७१ जनाले कोरोना भाईरसलाई जितेका छन् ।
यसका साथै बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका १० र जिल्ला बाहिर २ जना गरी १२ जनाको निधन भएको छ । बाँके जिल्लामा हालसम्म कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या १ सय ३९ रहेको छ भने जिल्ला बाहिरबाट उपचार गर्न आई बाँकेमा विभिन्न अस्पतालमा ज्यान गुमाउनेको संख्या १ सय २३ पुगेको कोरोना फोकल पर्सन ओलीले बताएका छन् । बाँके जिल्लामा हाल ९ जना भेन्टिलेटरमा उपचार गरिरहेका छन् भने हाल बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ३ हजार ७ सय ७० जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ८५ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ३८ जना रहेको ओलीले जानकारी दिएका छन् ।

Nabintech