८ बैशाख २०८१, शनिबार
बाँकेमा ३२ जना थपिए, २४ डिस्चार्ज, थप एक जनाको निधन

  • टाइम्स संवाददाता

  • ४ असार २०७८, शुक्रबार १७:४९

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १२५ नमुना परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ७२ नमूना परीक्षण गर्दा ३४ जना, बागेश्वरी ल्याबमा ६ १५ नमुना परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ३८ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये ११ जना बाँकेका छन् । जिल्लाका थप १ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८२ हजार ६४९ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ४१८ जनामा संक्रमण पृष्टि भएको छ । साथै आज बाँके जिल्लाका २७ जना डिस्चार्ज भएका छन् । १० जना महिला र १७ जना पुरुष डिस्चार्ज भएसँगै बाँके जिल्लामा हालसम्म १६ हजार ९ सय ८० जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या १२० र अस्पताल र आइसोलेस सन्टेरमा ७६ जना रहेका छन् । त्यस्तै ६ जना भेन्टिलेटर र २९ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोरोनाबाट बाँकेमा दुई जनाको ज्यान गयो
बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दंगिशरण गाउँपालिका–४ दाङकी ६३ वर्षिया महिला र बिरेन्द्रनगर नगरपालिका वडा नं.–४ सुर्खेतकी ३८ वर्षिया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केद्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३१० जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४३ जनाको मृत्यु भएको छ ।

Nabintech