१२ बैशाख २०८१, बुधबार
बाँकेमा ४५ जना थपिए, ३९ डिस्चार्ज, थप दुईको निधन

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०७८, शनिबार १७:०६

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १८७ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ९३ नमूना परीक्षण गर्दा २७ जना, बागेश्वरी ल्याबमा ५९ नमुना परीक्षण गर्दा १४ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ३५ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये २५ जना बाँकेका छन् । ९ जना महिला र १६ जना पुरुष गरि जिल्लाका थप २५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८१ हजार ७९५ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ३४२ जनामा संक्रमण पृष्टि भएको छ । साथै आज बाँके जिल्लाका ३९ जना डिस्चार्ज भएका छन् । १७ जना महिला र २२ जना पुरुष भएसँगै बाँके जिल्लामा हालसम्म १६ जार ७ सय ९३ जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या २०७ र अस्पताल र आइसोलेस सन्टेरमा १२० जना रहेका छन् । त्यस्तै ९ जना भेन्टिलेटर र ५७ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोभिड संक्रमित दुई जनाको निधन
कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप दुई जनाको मृत्यु भएको हो । टिकापुर–८ कैलालीका ५० वर्षिय पुरुष र राजपुर–४ डोटी का ४५ वर्षिय पुरुषको निधन भएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट ३०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३३३३ जनाको मृत्यु भएको छ ।

 

Nabintech