१३ बैशाख २०८१, बिहीबार
बाँकेमा ४ जना थपिए, ५ डिस्चार्ज, थप दुई जनाको निधन

  • टाइम्स संवाददाता

  • १३ असार २०७८, आईतवार १७:३९

बाँके जिल्लाका दुईवटा प्रयोगशालामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ६५ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । बागेश्वरी ल्याबमा १६ नमुना परीक्षण गर्दा शून्य जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ४९ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये बाँकेका केहि पनि संक्रमितको पृष्टि भएको छैन । हालसम्म बाँकेमा ८३ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ४६८ जनामा संक्रमण पृष्टि भएको छ । साथै आज बाँके जिल्लाका ५ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र २जना पुरुष डिस्चार्ज भएसँगै बाँके जिल्लामा हालसम्म १७ हजार ६९ जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या ४२ र अस्पताल र आइसोलेस सन्टेरमा ३५ जना रहेका छन् । त्यस्तै ४ जना भेन्टिलेटर र १५ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । डुङ्गेश्वर गाउँपालिका दैलेखका पुरुष र तुलसीपुर उपमहानगरपालिका दाङकी महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । जेठ २८ गते भाइरस संक्रमण पुष्टि भएका डुङ्गेश्वर गाउँपालिका–६ दैलेखका ७८ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो । उनी २७ गते अस्पताल भर्ना भएका थिए । उनको राती साढे १२ बजे मृत्यु भएको हो । यस्तै जेठ २३ गते संक्रमण पुष्टि भएकी तुलसीपुर उपमहानगरपालिका–१७ दाङकी ६३ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । असार ११ गते भेरीमा भर्ना भएकी उनको आज विहान ११ बजे मृत्यु भएको समितिका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् । योसँगै उपचारका लागि बाँकेमा आएर मृत्यु हुने संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।

Nabintech