१३ बैशाख २०८१, बिहीबार
बाँकेमा ५७ जना थपिए, ११८ डिस्चार्ज, थप चार को निधन

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७८, आईतवार १७:२०

बाँके जिल्लाका दुईवटा प्रयोगशालामा आईतबार थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १६३ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा १०३ नमूना परीक्षण गर्दा २५ जना , बागेश्वरी ल्याबमा ६० नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य १२ जना बाँकेका छन् । २ जना महिला र १० जना पुरुष गरि जिल्लाका थप १२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८० हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा १७ हजार २५० जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्लाका ११८ जना डिस्चार्ज भएका छन् । ४३ जना महिला र ७५ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेको संख्या ३५५ र अस्पताल र आइसोलेस सन्टेरमा २२१ जना रहेका छन् । त्यस्तै ५ जना भेन्टिलेटर र ८७ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
बाँकेमा कोभिड संक्रमित थप चार जनाको मृत्यु
बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरि थप चार जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । बाँकेका अस्पतालमा उपचारका क्रममा बांसगढी नगरपालिका–८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दियाका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँकेका ३३ वर्षीया महिला, नेपालगन्ज–१ बाँकेकी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ जना र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ ।

Nabintech