१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा ५ सय २१ जना संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०७८, मंगलवार १६:४६

बाँकेमा कोरोना भाईरसको संक्रमण थप ५ सय २१ जना पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको पिसिआर ल्याब र मेडिकल कलेज कोहलपुर ल्याब गरिएको कुल ९ सय २४ जना मध्ये बाँकेका २ सय ५५ जना महिला र २ सय ६६ जना पुरुष गरी ५ सय २१ जनामा संक्रमणको पृष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । भेरी अस्पतालमा ६ सय २५ जनाको परिक्षण गर्दा ३ सय ९४ र मेडिलक कलेज कोहलपुरमा २ सय ९९ जनाको परिक्षणमा २ सय १० जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएको संक्रमितसहित बाँकेका हालसम्म ११ हजार १ सय १ जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्ला बाहिरका ८३ जनामा संक्रमणको पृष्टि भउको छ । यसका साथै आज बाँके जिल्लामा १ सय ६० महिला र १ सय८२ पुरुष गरी ३ सय ४२ जनाले कोरोना भाईरसलाई जितेर घर फर्केका छन् । यो सँगै बाँकेका हालसम्म ७ हजार १३ जनाले कोरोना भाईरसलाई जितेका छन् ।
यसका साथै बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका ४ र जिल्ला बाहिर २ जना गरी ६ जनाको निधन भएको छ । बाँके जिल्लामा हालसम्म कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या १ सय ४३ रहेको छ भने जिल्ला बाहिरबाट उपचार गर्न आई बाँकेमा विभिन्न अस्पतालमा ज्यान गुमाउनेको संख्या १ सय २५ पुगेको कोरोना फोकल पर्सन ओलीले बताएका छन् । बाँके जिल्लामा हाल ९ जना भेन्टिलेटरमा उपचार गरिरहेका छन् भने हाल बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ३ हजार ५ सय ६३ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ५ सय २९ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ४७ जना रहेको ओलीले जानकारी दिएका छन् ।

 

Nabintech