१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा ५ हजार ८ सय ५९ जनाले लगाए कोरोना खोप

  • टाइम्स संवाददाता

  • २७ जेष्ठ २०७८, बिहीबार ०७:०२

जिल्लाका ८ वटा स्थानीय तहमा भने बुधबार लक्ष्यको ७४ प्रतिशतले मात्र खोप लगाएका थिए । जिल्लाभरी ७ हजार ९ सय २९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ५ हजार ८ सय ५९ जनाले खोप लगाएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । नेपालगन्ज उपमहानगरपालिकामा बुधबार लक्ष्यको ९९ प्रतिशतले कोरोनाविरुद्धको भेरोसेल नामको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्जमा २ हजार ३७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा २ हजार ३५ जनाले खोप लगाएका हुन् । कोहलपुर नगरपालिकामा १ हजार ३२५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १ हजार ४६, खजुरा गाउँपालिकामा ८ सय ७० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ७ सय ९, राप्तीसोनारी गाउँपालिकामा ९ सय ५० नजनाई खोप लगाउने लक्ष्य रहेकोमा २ सय ४३, डुडुवा गाउँपालिकामा ५ सय ६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ३ सय २९, नरैनापुरमा ५ सय ५८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४५, जानकीमा ६ सय ५८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ५ सय ४२ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ८ सय ५३ जनाले खोप लगाएका हुन् । जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई ८ वटै स्थानीय तहका ८७ वटा खोप केन्द्रबाट खोप लगाइँदैछ । बाँकेका सात स्थानीय पालिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भाइरस संक्रमण विरुद्धको भेरोसेल लगाउन सुरु गरिएको छ । जिल्लाका आठ स्थानीय पालिकामध्ये डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकलाई भने मंगलवार नै खोप लगाइएको छ । बाँकी सात पालिकामा हिजोदखि खोप लगाउने कार्य जारी छ । जिल्लामा लक्षित उमेर समूहका ७ हजार ६ सय ७५ जनालाई यो खोप लगाउने लक्ष्य छ ।

Nabintech