८ बैशाख २०८१, शनिबार
बाँकेमा ६० जना थपिए, ६ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७८, शुक्रबार १७:३६

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ३०७ नमुना परीक्षण गर्दा ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २४१ नमूना परिक्षण गर्दा ५१ जना, नेपालगञ्ज मेडिकल कलेजमा ४८ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा १८ नमूना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका २६ जना छन् । ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९१ हजार १६९ नमुना परीक्षण गर्दा १७ हजार ७ सय ७८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ३ जना पुरुष गरी ६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३३६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १७ पुगेको छ भने मध्यम बिरामीको संख्या २७ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
कोरोनाका कारण थप दुई जनाको निधन
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बाँके कोहलपुरका एकजना र अर्का कैलाली टीकापुरका संक्रमितको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–८ का ४३ वर्षीय पुरुषको गएराती १ः ३० बजे मृत्यु भएको हो । साउन २१ गते अस्पताल भर्ना भएका उनलाई २२ गते कोभिड पुष्टि भएको थियो । यस्तै टीकापुर नगरपालिका–८ की ४५ वर्षीया महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो । उनी साउन २० गते अस्पताल भर्ना भएकी थिइन् । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो । यो संगै बाँके जिल्लाको मृतक संख्या ३२४ पुगेको छ भने अन्य जिल्लाको मृतक संख्या ३८७ पुगेको छ ।

Nabintech