७ बैशाख २०८१, शुक्रबार
बाँकेमा ६६ जना थपिए, २६ डिस्चार्ज, थप चार को निधन

  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०७८, शुक्रबार १७:०३

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १८४ नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा १२७ नमूना परीक्षण गर्दा ५६ जना , बागेश्वरी ल्याबमा २२ नमुना परीक्षण गर्दा ७ जना र मेडिकल कलेजश कोहलपुरको ल्याबमा ३५ जनमूना परीक्षण गर्दा ३ मा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य १० जना बाँकेका छन् । ५ जना महिला र ५ जना पुरुष गरि जिल्लाका थप १० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८१ हजार ६०८ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ३७३ जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्लाका २६ जना डिस्चार्ज भएका छन् । १३ जना महिला र १३ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेको संख्या २२४ र अस्पताल र आइसोलेस सन्टेरमा १२० जना रहेका छन् । त्यस्तै ७ जना भेन्टिलेटर र ५० जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोभिड संक्रमित चारको निधन
कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा तीन र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनागरी थप चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका एकजना र दाङका एकजना रहेको जिल्ला कोडिभ व्यवस्थापन समितिले जनाएको छ । बाँके खजुरा गाउँपालिका–३ बाँकेका ८० वर्षीय पुरुषको गएराती भेरीमा मृत्यु भएको हो । यस्तै दाङ राजापुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–७ दाङकी ४२ वर्षीया महिला र भैरबी गाउँपालिका ३ दैलेखका ६९ पुरुषको मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट ३०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३३१ जनाको मृत्यु भएको छ ।

Nabintech