८ बैशाख २०८१, शनिबार
बाँकेमा ७ सय २० जना संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • २८ बैशाख २०७८, मंगलवार १७:००

बाँकेमा कोरोना भाईरसका ७ सय २० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल ६ सय ३२ जनाको परिक्षण मध्ये बाँके जिल्लाका १ सय ९१ जना महिला र १ सय ९८ जना पुरुष तथा अन्य जिल्लाका ८९ जना गरी ४ सय ७८ जनामा संक्रमणको पृष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । त्यस्तै बागेश्वरी ल्याबमा ३ सय ७ जनाको परिक्षण गर्दा २ सय ४२ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएका संक्रमितसहित बाँकेमा हालसम्म १४ हजार ३० जनामा संक्रमण पृष्टि भएको छ । बाँकेमा हालसम्म ९ हजार ६ सय २९ जनाले कोरोना भाईरसलाई जितेका छन् । यसका साथै बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका ७ र जिल्ला बाहिर ११ जना गरी १८ जनाको निधन भएको छ । बाँके जिल्लामा हालसम्म कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या १ सय ९८ रहेको छ भने जिल्ला बाहिरबाट उपचार गर्न आई बाँकेमा विभिन्न अस्पतालमा ज्यान गुमाउनेको संख्या १ सय ५२ पुगेको कोरोना फोकल पर्सन ओलीले बताएका छन् । बाँके जिल्लामा हाल ५ जना भेन्टिलेटरमा उपचार गरिरहेका छन् भने हाल बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ४ हजार २ सय ३ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ५ सय ११ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ३८ जना रहेको ओलीले जानकारी दिएका छन् ।

Nabintech