१३ बैशाख २०८१, बिहीबार
बाँकेमा ८०५ थपिए, ५ सय ११ डिस्चार्ज, थप ११ जनाको निधन

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०७८, आईतवार १६:४५

बाँकेमा कोरोना भाईरसका ८ सय ५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पातलको ल्याबमा गरिएको कुल ७ सय ८० मध्ये ६ सय २२, मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल १ सय ४६ जना मध्ये ८३ र बागेश्वरी ल्याबमा १ सय ८० जनाको परिक्षण गर्दा १ सय जना गरी बाँकेमा ८ सय ५ जनामा संक्रमणको पृष्टि भएको छ । यसका साथै आज थप भएको मध्ये बाँकेको ३ सय ६५ जना रहेका छन् भने बाहिरी जिल्लाका ४ सय ४० जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज अ‍ोलीले बताएका छन् । आज थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १५ हजार ९ सय ७४ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज २ सय २३ महिला र २ सय ८८ जना पुरुष गरी ५ सय ११ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १२ हजार १ सय २० जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ३ हजार १ सय ७७ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ७३ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ३५ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ४ सय २१ जनाको बाँकेमा निधन भएको छ ।
बाँकेमा थप ११ जनाको मृत्यु
कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ११ जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप ११ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा मधुवन नगरपालिका–९ बर्दियाका ४० वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षिय पुरुष, गौरीगंगा गाउँपालिका–४ कैलालीका ५२ वर्षिय पुरुष, रुम्टिगढी–३ रोल्पाका ३५ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१९ बाँकेका ६० वर्षिय पुरुष, कोहलपुर नगरपालिका–१५ बाँकेका ६७ वर्षिय पुरुष र राप्तिसोनारी गाउँपालिका–२ बाँकेकी ५२ वर्षिय महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । त्यस्तै तुलसिपुर उपमहानगरपालिका– १४ दाङ्गकी ६२ वर्षिय महिला, बैजनाथ गाउँपालिका–२ बाँकेका ६४ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेकी ५२ वर्षिय महिलाको निधन समेत भएको छ । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३७ र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १ सय ८४ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

Nabintech