७ बैशाख २०८१, शुक्रबार
बाँकेमा ८७ जना थपिए, १८९ डिस्चार्ज, थप छ को निधन

  • टाइम्स संवाददाता

  • २१ जेष्ठ २०७८, शुक्रबार १६:३५

बाँकेजिल्लाका तीनवटा प्रयोगशालामा बिहीबार थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ३४५ नमुना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा २२२ नमूना परीक्षण गर्दा ५७ जना , बागेश्वरी ल्याबमा ५६ नमुना परीक्षण गर्दा १८ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ६७ नमुना परीक्षण गर्दा १२ जनामा गरि कुल ८७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य ३१ जना बाँकेका छन् । १६ जना महिला र १५ जना पुरुष गरि जिल्लाका थप ३१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार ९११ जनाको पीसीआर परीक्षण भएको छ । आज जिल्लाका १८९ जना डिस्चार्ज भएका छन् । ८६ जना महिला र १०३ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेको संख्या ३९२ र अस्पताल र आइसोलेस सन्टेरमा २६१ जना रहेका छन् । त्यस्तै छ जना भेन्टिलेटर र १०६ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
बाँकेमा कोभिड संक्रमित थप छ जनाको मृत्यु
बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप छ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरि थप छ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका क्रममा बागचौर नगरपालिका–३ सल्यानका २७ वर्षीय पुरुष, प्युठान नगरपालिका–४ प्युठानका ४७ वर्षीया महिला र लमही नगरपालिका –४ दाङका ५८ वर्षीय पुरुष हुनुहुन्छ । त्यस्तै ठाकुरबाबा–९, बर्दियाका ६८ वर्षिय पुरुष, कुमाख गाउँपालिका–७ सल्यानका ६५ वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–२१ बाँकेका ३८ वर्षिय पुरुषको निधन भएको छ । योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३०७ जना र जिल्लाकै २९७ जनाको कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।

Nabintech