८ बैशाख २०८१, शनिबार
बाँकेमा ८ जना थपिए, ४ डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १७ असार २०७८, बिहीबार १७:४८

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३५ नमुना परीक्षण गर्दा ७, नेपालगञ्ज मेडिकल कलेजमा ३३ नमुना परीक्षण गर्दा शून्य र बागेश्वरी प्रयोगशालामा २४ नमुना परीक्षण गर्दा १ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिढ १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ५ जना छन् । २ जना महिला र ३ जना पुरुष गरी ५ जनामा संक्रमण पृष्टि भएको छ । ८४ हजार २ सय ६१ नमुना परीक्षण भएको छ । त्यसमा १७ हजार ४ सय ५२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । २ जना महिला र २ जना पुरुष गरी ४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ९६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो २४ घण्टा कुनै पनि संक्रमितको निधन भएको छैन् भने बाँके जिल्लामा हालसम्म कोरोना भाईरसका कारण ३११ जनाको निधन भएको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुने भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

Nabintech