४ बैशाख २०८१, मंगलवार
बुर्किना फासोमा सशस्त्र समूहको आक्रमणबाट एक सय ३० जनाभन्दा धेरैको ज्यान गयो

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७८, आईतवार ०७:०७

बुर्किना फासोमा सशस्त्र समूहले आक्रमण गर्दा एक सय ३० जनाभन्दा धेरैको ज्यान गएको छ । उत्तरी भागमा पर्ने सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारहरुमा आगजनी समेत गरेको बीबीसीले जनाएको छ। अहिलेसम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । बुर्किना फासोमा केही समयदेखि इस्लामी समूहहरूको हमला बढिरहेका छन् । सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् । बुर्किना फासोले आफ्ना छिमेकी देशहरु माली, चाड, बुर्कीना फासोमा जस्तै सुरक्षा सङ्कटको सामना गरिरहेको छ । सोल्हान गाउँमा एकैपटक एक सय ३० जनाभन्दा धेरै मानिसको ज्यान जानेगरी आक्रमण भएपछि राष्ट्रपति रोक कबोरेले तीन दिन राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

Nabintech