६ बैशाख २०८१, बिहीबार
अस्पताल पुगेको ४० मिनेटमै कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०७८, मंगलवार १७:४०

कोराना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँके खजुरा २ का ३३ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हस्पतालले पुष्टि गरेको छ । सोमबार पीसीआर परीक्षण गर्दा मंगलबार अर्थात आज कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । दिउँसो २ बजे उपचारका लागि भर्ना भएका उहाँको दिउँसो २:४० बजे नै मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६४ पुगेको छ ।

Nabintech