७ बैशाख २०८१, शुक्रबार
भारतकाे उत्तराखण्ड र केरलामा बाढी पहिराेबाट ९६ जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०७८, शुक्रबार ०७:१०

केही दिनदेखिको लगातारको वर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएकाे बाढी र पहिराेबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ । देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित भएको छ । भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी पर्न सक्ने भएकाले केरलाका विभिन्न आठ जिल्लामा अलर्ट जारी गरिएको छ । साथै तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह  गरिएको  छ । केरला आसपासको क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा हावा चल्न सक्ने भन्दै सावधान रहन भनिएको छ । अबको तीन दिन विशेषगरी केरला, तमिलनाडु, पुड्चेरी र कराइकलमा ठूलो पानी पर्ने सम्भावना रहेको भारतको  मौसम  विज्ञान विभागले जनाएको छ ।

Nabintech