१६ चैत्र २०८०, शुक्रबार
भारतमा कोरोना नियन्त्रण भन्दा बाहिर, एकै दिन झण्डै ३ लाख सङ्क्रमित, २ हजार भन्दा धेरैको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०७८, बुधबार ०७:५३

भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनालाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन् । यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ । गएको २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ । भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

Nabintech