१२ बैशाख २०८१, बुधबार
भूमि आयोग विघटनका विरुद्ध एमालेद्धारा कोहलपुरमा विरोध प्रर्दशन

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७८, आईतवार २०:१६

नेकपा एमालेले भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध आईतबार कोहलपुरमा विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसका सभापटि शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णयका विरुद्ध नेकपा एमाले बाँके र एमालेका सबै जनवर्गिय संगठनहरुले कोहलपुरमा विरोध प्रर्दशन गरेका हुन् । विरोध सभामा बोल्दै नेकपा एमालेका नेता तथा संविधान सभा सदस्य देवराज भारले केपि शर्मा ओली नेतृत्वको सरकारले नेपालका लाखांैं भूमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि काम गरिरहेको अवस्थमा देउवा सरकारले भूमि आयोग खारेज गरेर सुकुम्बासीलाई जग्गाको मालिक हुनबाट रोकेको बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सूर्य ढकालले भूमि सम्बन्धी समस्या समाधान आयोगले देश भरीका भूमिहिनहरुको लगत संकलन गरी लालपूर्जा दिने अवस्थामा कतिपय ठाउँहरुमा काम भईरहेको अवस्थामा भूमि आयोग खारेज गरेर सरकारले राजनैतिक अपराध गरेको बताएका छन् । साथै उनले सरकारले तत्काल निर्णय सच्याएर आयोगलाई काम गर्ने वातावरण बनाउन माग गर्दै भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले जग्गाको स्वामित्व नपाए एमालेले आन्दोलनका कार्यक्रमहरु ल्याउने बताएका छन् । कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान बाँके जिल्ला सदस्य गोपाल गिरीले भूमि आयोगले बाँके जिल्लाका स्थानिय तहहरुसँग सम्झौता गरी कामहरु अगाडि बढाईरहेको बेला आयोग खारेज गरेर सरकारले ठुलो गल्ति गरेको बताएका छन् । कार्यक्रममा एमाले निकट राष्ट्रिय यूवा संघका स्थायी कमिटि सदस्य खेमराज शर्माले सयौं वर्षदेखि जग्गा उपभोग गर्दै आएका जनतालाई जग्गाको मालिक केपि ओली नेतृत्वको सरकारले बनाउन लागेको देखेर देउवा सरकार आतिएको भन्दै जनतालाई जग्गाको मालिक बनाउन माग गरेका छन् । साथै सरकारले भूमि आयोग विघटन गरी जनताको सपना माथि अपराध गरेको भन्दै निर्णय तत्काल नसच्याए एमाले र यूवासंघ लगायतका जनवर्गिय संठनहरुले देशभरी आन्दोलन गर्ने चेतवानी समेत दिएका छन् । सो कार्यक्रममा एमाले निकट नेता तथा कार्यकर्ता लगायत भूमिहिन सुकुम्बासीहरुको सहभागिता रहेको थियो ।

Nabintech